आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बलियो कांग्रेस बनाउन महाधिवेशन प्रतिनिधिसँग रामहरि खतिवडाको अपिल, मागे अमूल्य मत

बलियो कांग्रेस बनाउन महाधिवेशन प्रतिनिधिसँग रामहरि खतिवडाको अपिल, मागे अमूल्य मत

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 5.6K
    SHARES

  • बलियो कांग्रेस बनाउन महाधिवेशन प्रतिनिधिसँग रामहरि खतिवडाको अपिल, मागे अमूल्य मत

    काठमाडौं - नेपाली कांग्रेसका प्रभावशाली युवा नेता रामहरि खतिवडाले बलियो र सक्षम कांग्रेस बनाउने आफ्नो अभियानमा साथ दिन महाधिवेशन प्रतिनिधिहरूसँग आग्रह गरेका छन् ।

    उनले कांग्रेसको केन्द्रीय कार्यसमितिमा आफूलाई निर्वाचित गराउन मतदाताहरूसँग अपिल पनि गरेका छन् ।

    खतिवडाले कांग्रेसको खुला ३५ जनातर्फको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् । उनको क्रम संख्या ७३ रहेको छ ।

    आफूले जितेमा कांग्रेसलाई सबैको पार्टी हो भन्ने कुराको महसुस गराउने महाधिवेशन प्रतिनिधिहरूसँग प्रतिबद्धता जनाएका छन् । नेता खतिवडाले आफूलाई ७३ नम्बरमा मतदान गर्न अनुरोध गरेका छन् ।

    265159784_994620584460091_7617641213668812335_n.jpg

    पूर्व सांसद खतिवडा संस्थापन पक्षको तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् । ओखलढुंगामा विकासका काम र समाजसेवाका कारण उनले कांग्रेसमा छुट्टै पहिचान बनाइसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend