काठमाडौं - आफ्नो पूरै जीवन कांग्रेसमा बिताएका नेताहरूले रुँदै पार्टी छाड्नुपर्ने नियति अझै रोकिएको छैन ।
पार्टीको संस्थापक नेता मातृकाप्रसाद कोइरालादेखि रामचन्द्र पौडेलसम्म जीवनको उत्तराद्र्धमा रुँदै पार्टीबाट बाहिरिनुपर्ने अवस्थाले आमकांग्रेसजनमा चिन्ता छाएको छ ।
कांग्रेस संस्थापक सभापति मातृकाप्रसाद कोइराला कांग्रेसमा अटाएनन् । कांग्रेसबाट गणेशमान सिंहले ‘म जलिरहेको घरमा बस्न सक्दिनँ’ भनेर बिदा लिए ।
अझै पनि कांग्रेसले गणेशमानकै ब्याज खाइरहेको छ । पार्टी संस्थापक नेता र २० वर्षसम्म सभापति भएका कृष्णप्रसाद भट्टराईले पनि जीवनको अन्तिम कालखण्डमा आफूलाई पार्टीबाट अलग गरे ।
शनिबार रामचन्द्र पौडेलले रुँदै पत्रकार सम्मेलन गरेको दृश्यले आमकांग्रेसीको मन पोलेको छ । जिन्दगी नै पार्टीमा बिताउँदा पनि किन अन्तिममा रुँदैै पार्टी छाड्नुपर्यो भन्ने कारण नखोज्ने हो भने कांग्रेस खिइन धेरै समय नलाग्ने शुभेच्छुकहरूको तर्क छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।