काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार प्रधानमन्त्री शेरबहादुर देउवा मध्यराति वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेट्न उनकै निवास बोहोराटार पुगेका छन् ।
संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बन्न नसकेपछि नेता पौडेल दिक्क भएका बेला देउवाले भेटेर राजनीतिबाट सन्यास नलिन आग्रह गरेका हुन् ।
वरिष्ठ नेता पौडेलनिकट स्रोतले भन्यो, ‘राष्ट्रका लागि तपाईंको आवश्यकता छ । राजनीतिबाट बाहिर हुने कुरा नगर्नुस् र स्वास्थ्य राम्रो राखेर बस्नुस् भन्नुभएको छ ।’
नेता पौडेलले महाधिवेशनमा सिद्धान्त, आदर्शभन्दा विपरीत अस्वस्थ प्रतिस्पर्धा हुने देखेर महाधिवेशनबाट बाहिरिएको तर्क गरेका थिए ।
देउवा र पौडेलबीच करीब १ घण्टा कुराकानी भएको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।