आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

चिन्नुहोस् सभापति पदमा शेरबहादुर र डा. शेखरका प्रस्तावक र समर्थक को–को ? (नामसहित)

चिन्नुहोस् सभापति पदमा शेरबहादुर र डा. शेखरका प्रस्तावक र समर्थक को–को ? (नामसहित)

  • मिडिया डबली
  • आइतवार, मंसिर २६ २०७८

  • 20.8K
    SHARES

  • चिन्नुहोस् सभापति पदमा शेरबहादुर र डा. शेखरका प्रस्तावक र समर्थक को–को ? (नामसहित)

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवासहित ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

    देउवासहित डा. शेखर कोइराला, प्रकाशमान सिंह, बिमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सभापतिमा उम्मेदवारी दिएका देउवाको प्रस्तावकमा कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, मीनबहादुर विश्वकर्मा, अजय चौरसिया, बहादुर सिंह, भीमसेनदास प्रधान र चित्रलेखा यादव रहेका छन् भने समर्थकमा गोपालमान श्रेष्ठ, रमेश रिजाल, जीवनबहादुर शाही, गोविन्द परियार, अम्बिका बस्नेत, जगतबहादुर तामाङ र मुख्तार अहमद रहेका छन् ।

    सभापतिका अर्का उम्मेदवार डा. शेखर कोइरालाको उम्मेदवारीको समर्थकमा अमरसिंह पुन, गुरुराज घिमिरे, विनोद बान्तावा, अर्जुनकुमार पोखरेल, केदार भण्डारी, रामकृष्ण यादव र चतुरबहादुर चन्द रहेका छन् भने समर्थकमा डिगबहादुर, अर्जुनबहादुर तुम्बाहाङ्फे, शुक्रराज शर्मा, सुरेशराज आचार्य, रत्ना शेरचन, अब्दुल कलाम र भुपेन्द्रजंग शाही रहेका छन् ।

    उम्मेदवार प्रकाशमान सिंहको समर्थकमा कृष्ण बानियाँ, दिव्यमणि राजभण्डारी, प्रभातकुमार दाहाल, छिरिङदोर्जे लामा, कञ्चनचन्द्र, दीर्घबहादुर केसी र दिपेन्द्रकुमार श्रेष्ठ रहेका छन् भने समर्थकमा जितेन्द्रकुमार श्रेष्ठ, हरिप्रभा खड्गी, राजेन्द्रकुमार केसी, मिथिलेशकुमार मिश्र, गीता सत्याल, चेतबहादुर मगर र नवीन राई रहेका छन् ।

    उम्मेदवार बिमलेन्द्र निधिको प्रस्तावकमा रामसरोज यादव, खिलानाथ, पोषनाथ शर्मा, भगिरथ पोद्दार, मिनाक्षी झा, मोहम्मद शोएब, कृष्णकुमारी शाही रहेका छन् भने समर्थकमा महेशशंकर गिरी, राजनकाजी खाती, कपिलदेव साह, देवकी नेपाली, सम्बद्र्धन तामाङ, सञ्जयकुमार गुप्ता र ध्रुवप्रसाद पौडेल रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend