काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षका सभापति पदका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो टीम घोषणा गरेका छन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेलको समर्थनमा शेखरको नेतृत्वमा टीम मैदानमा उत्रिएको छ ।
डा. शेखरको टीमबाट उपसभापतिमा चन्द्र भण्डारी र धनराज गुरुङलाई उम्मेदवार बनाइएको छ भने महामन्त्रीमा डा. मिनेन्द्र रिजाल र गगनकुमार थापा उम्मेदवार बनेका छन् ।
सहमहामन्त्रीमा दलिततर्फ जीवन परियार, महिलातर्फ कमला पन्त, मधेशीतर्फ रामकृष्ण यादव छन् । थारुतर्फ टीएल चौधरी, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, जनजातितर्फ विकास लामा र खसआर्यबाट देवराज चासिलेलाई सहमहामन्त्रीका उम्मेदवार बनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।