काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको संस्थापनइतर पक्षबाट डा. शेखर कोइराला सभापतिका उम्मेदवार बनेका छन् ।
शेखरको टीमबाट महामन्त्री पदमा गगन थापा र मिनेन्द्र रिजाल उम्मेदवार बन्ने तय भएको स्रोतले जनाएको छ । सभापति शेरबहादुर देउवा पक्षबाट विद्रोह गरेर शेखरको सम्पर्कमा आएका प्रवक्ता विश्वप्रकाश शर्मालाई कोइराला टीममा पनि ठाउँ नमिल्ने अवस्था देखिएको छ ।
शेखर टीमको उपसभापति पदमा चन्द्र भण्डारीको नाम तय भएको छ । अर्काे उपसभापति पदमा रामशरण महत वा महेश आचार्यमध्ये १ जना उम्मेदवार हुने भएका छन् ।
सहमहामन्त्री पदमा खसआर्यबाट देवराज चालिसे, महिलाबाट कमला पन्त, दलितबाट जीवन परियार, मधेशीबाट रामकृष्ण यादव, मुस्लिमबाट शेख वकिल र थारुबाट तेजुलाल चौधरीको नाम तय भएको स्रोतले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।