काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षलाई छाडेर प्रवक्ता विश्वप्रकाश शर्मा सभापतिका आकांक्षी डा. शेखर कोइरालाको सम्पर्कमा पुगेका छन् ।
देउवाले महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडललाई उम्मेदवार बनाउने भएपछि विश्वप्रकाश शर्मा अर्का आकांक्षी कोइरालासँग संवाद गरिरहेका छन् ।
विश्वप्रकाशले यसअघि नै महामन्त्री उम्मेदवार हुने घोषणा गरिसकेका छन् । देउवाले भने विश्वप्रकाशलाई आफ्नै टीमबाट सहमहामन्त्री बनाउन खोजेका थिए ।
तर प्रवक्ता विश्वप्रकाशले देउवा टीम छाडेर शेखरको सम्पर्कमा पुगेका स्रोतले जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।