आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शेरबहादुर देउवासँग रामचन्द्र पौडेल चुनाव नलड्ने, बाहिरियो यस्तो कुरा

शेरबहादुर देउवासँग रामचन्द्र पौडेल चुनाव नलड्ने, बाहिरियो यस्तो कुरा

  • मिडिया डबली
  • शनिवार, मंसिर २५ २०७८

  • 3.6K
    SHARES

  • शेरबहादुर देउवासँग रामचन्द्र पौडेल चुनाव नलड्ने, बाहिरियो यस्तो कुरा

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग रामचन्द्र पौडेल चुनाव नलड्ने भएका छन् ।

    संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार बन्न नसकेपछि पौडेल देउवासँग चुनाव लड्न डराएका हुन् ।

    आज शनिवार बिहान कांग्रेस नेता–कार्यकर्तासँगको छलफलमा पौडेलले संस्थापनइतर पक्षबाट कसैले पनि अडान नछाडेपछि आफू सभापतिबाट पछाडि हटेको घोषणा गरेका छन् । पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ता पुगेका थिए ।

    संस्थापनइतर पक्षबाट प्रकाशमान सिंह र डा. शेखर कोइराला चुनाव लड्ने भएका छन् । पाण्डेले भने, ‘रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेदवारी नदिने भन्नुभएको छ । उहाँले कसलाई समर्थन गर्ने भन्नेबारेमा बेलुकासम्म टुंगो लाग्नेछ ।’

    पौडेलका लागि शशांक कोइराला र शेखर कोइराला छाड्न तयार भएपनि प्रकाशमान सिंहले अडान नछाडेका कारण पौडेलको साझा उम्मेदवार बन्ने योजनामा ब्रेक लागेको हो । अब पौडेलले डा. शेखर कोइरालालाई सभापतिमा समर्थन गर्नसक्ने सम्भावना रहेको स्रोतले जनाएको छ ।

    कांग्रेसमा १ सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था रहेको छ । केन्द्रीय सदस्यमा खुलातर्फ ३५, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ र ७ प्रदेशबाट १/१ महिलासहित २१ जना निर्वाचित हुनेछन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend