काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवाको प्यानलमा महामन्त्री पदमा विश्वप्रकाश शर्मा अटाएनन् ।
महामन्त्री पदमा उम्मेदवारी घोषणा गरिसकेका विश्वप्रकाशले सभापतिमा देउवा प्यानलमा ठाउँ नपाउने भएका छन् ।
देउवा प्यानलबाट प्रकाशशरण महत र सिटौला पक्षका प्रदीप पौडेल महामन्त्री उम्मेदवार बन्ने भएका छन् ।
देउवा टीममा नपरेपनि आफू महामन्त्रीकै उम्मेदवार बन्ने विश्वप्रकाश शर्माले स्पष्ट पारेका छन् । देउवाले भने विश्वप्रकाशलाई सहमहामन्त्रीमा उम्मेदवार बन्न आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।