काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच महाधिवेशनमा सहकार्य गर्ने सहमति भएको छ ।
सभापति देउवा र सिटौलाले महाधिवेशन उद्घाटन गर्नुअघि नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सहमति गरिसकेको खुलासा भएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन सत्र सकिएपछि सिटौलाले आफूनिकट नेताहरुलाई बोलाएर सहमति गरिएकोबारे बताएका छन् । सहमतिअनुसार देउवाको प्यानलबाट सिटौलानिकट प्रदीप पौडेल महामन्त्रीको साझा उम्मेदवार बन्ने भएका छन् ।
सभापति देउवाले आफ्नो पक्षका ४ जना आकांक्षीलाई छाडेर सिटौलानिकट पौडेललाई महामन्त्रीको उम्मेदवार बनाउने सहमति गरेका छन् । सहमतिअनुसार अब सभापतिमा सिटौला पक्षले देउवालाई सहयोग गर्ने भएको छ ।
सहमतिअनुसार देउवाकै टीमबाट सिटौला पक्षका अर्का नेता उमाकान्त चौधरी सहमहामन्त्रीको उम्मेदवार बन्ने जनाइएको छ । संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा भने साझा उम्मेदवार बनाउनमै विवाद देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।