आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल पक्षको बैठकमा बबन्डर, अब के हुने भयो ?

रामचन्द्र पौडेल पक्षको बैठकमा बबन्डर, अब के हुने भयो ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 6.6K
    SHARES

  • रामचन्द्र पौडेल पक्षको बैठकमा बबन्डर, अब के हुने भयो ?

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट साझा उम्मेदवार तय गर्न बसेको बैठकमा बबन्डर मच्चिएको छ ।

    नेता पौडेलले आफूलाई साझा उम्मेदवारका रूपमा अगाडि बढाउन प्रस्ताव गरेपछि अर्का आकांक्षी प्रकाशमान सिंह आक्रोशित बनेका थिए । सिंहले यसपालि आफू उम्मेदवार भएरै छाड्ने अडान लिएका छन् ।

    सिंहले अडान लिएपछि संस्थापनइतर पक्षबाट साझा उम्मेदवार ल्याउने प्रयास असफल भएको छ । नेता डा. शेखर कोइराला र डा. शशांक कोइरालाले पौडेललाई समर्थन गर्न सकिने जनाए पनि सिंहले अडान लिएपछि पौडेल साझा उम्मेदवार बन्न सकेनन् ।

    महाधिवेशन उद्घाटन भएपछि शुक्रवार साँझ बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा पौडेल पक्षको भेला भएको हो ।

    पौडेल पक्षमा कुरा नमिल्ने देखेपछि सभापतिका आकांक्षी प्रकाशमान सिंह बैठकस्थलबाट बाहिरिएका स्रोतले जनाएको छ ।

    अब संस्थापनइतर पक्षबाट सिंहसँगै रामचन्द्र वा शेखर उम्मेदवार भएर आउने स्रोतको दाबी छ । साझा उम्मेदवार आफू बन्न नसकेको अवस्थामा पौडेल उम्मेदवार नभएर शेखरलाई समर्थन गर्ने सम्भावना समेत रहेको जनाइएको छ ।

    संस्थापन पक्षबाट भने सभापति शेरबहादुर देउवा नै पुनः सभापति दोहोरिने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend