काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापति पदमा साझा उम्मेदवार छान्न वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षमा अन्तिम घमासान सुरु भएको छ ।
महाधिवेशन उद्घाटन भइसकेर भोलि शनिबार उम्मेदवारी दर्ता गर्नुअघि पौडेल पक्ष साझा उम्मेदवार छान्न छलफलमा जुटेको छ ।
पौडेल पक्षका नेताहरू बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल गरिरहेका छन् । केन्द्रीय निर्वाचन समितिले भोलि शनिबार उम्मेदवारी दर्ताको समय तोकेको छ ।
पौडेल पक्षबाट पौडेल, प्रकाशमान सिंह, शेखर कोइराला सभापति पदका आकांक्षी देखिएका छन् ।
बैठकमा नेता पौडेलसहित सभापतिका आकांक्षी र केन्द्रीय सदस्यहरू सहभागी रहेका छन् ।
सहमतिका लागि नेताहरू निरन्तर छलफलमा रहे पनि सभापति पदका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालाबीच सहमति नजुट्दा ढिलाइ भइरहेको छ ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा नै पुनः उम्मेदवार हुने भएका छन् । देउवाले महाधिवेशन उद्घाटन सत्रबाटै आफूलाई जिताउन आग्रह गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।