काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।
आज शुक्रबार पार्टीको चौधौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन सम्बोधन गर्दै कोइरालाले भने, ‘मेरो व्यक्तिगत धारणाबाट के भन्न चाहन्छु भने – धर्म निरपेक्षता शब्द ठीक होइन । धर्मनिरपेक्ष हुँदैन, न त धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ । यो पछिका कुरा हुन् ।’
महामन्त्री कोइरालाले सिद्धान्तको लडाइँ समाप्त भएको बताएका छन् । उनले भने, ‘नयाँ संविधान हामीले दियौं, सुशील कोइरालाले दिनुभयो । त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ । संविधानमा केही त्रुटिहरू होलान् । संविधान कुनै लकिरको फकिर हुँदैन, संविधानमा परिवर्तन हुँदै जान्छ ।’
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।