शुक्रवार, आश्विन ३० २०८३Oct 16 2026

Logo
images images

प्रचण्ड कांग्रेस महाधिवेशनमा प्रवेश, देउवाले गरे स्वागत

प्रचण्ड कांग्रेस महाधिवेशनमा प्रवेश, देउवाले गरे स्वागत

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 5.2K
    SHARES

  • प्रचण्ड कांग्रेस महाधिवेशनमा प्रवेश, देउवाले गरे स्वागत

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटनस्थलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रवेश गरेका छन् ।

    सत्तारुढ गठबन्धनमा आवद्ध दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस महाधिवेशनस्थल भृकुटीमण्डप पुगेका हुन् । 

    सत्तारुढ गठबन्धनकै दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर समेत कांग्रेस महाधिवेशन उद्घाटन कार्यक्रममा पुगेका छन् ।

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देन समेत महाधिवेशनस्थलमा पुगेका छन् । 

    कार्यक्रममा पुगेका अतिथिलाई सभापति शेरबहादुर देउवाले स्वागत गरेका छन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend