काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बन्न नसकिरहेका बेला राजनीतिबाटै ‘सन्यास’ लिने गरी वरिष्ठ नेता रामचन्द्र पौडेलले बनाएको मनस्थिति रोकिएको छ ।
राजनीतिबाट सन्यासको घोषणा गर्नै लागेका बेला संस्थापनइतर पक्षका नेताहरूंले पौडेलनिवास बोहराटार पुगेर महाधिवेशन उद्घाटनमा सहभागी हुन आग्रह गरेका थिए । आफूपक्षीय नेताहरूको आग्रहलाई स्वीकार गर्दै पौडेल महाधिवेशन उद्घाटनमा सहभागी हुन भृकुटीमण्डप पुगेका छन् ।
पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा मञ्चमा पुगेलगत्तै वरिष्ठ नेता पौडेल समेत मञ्चमा देखिएका छन् ।
संस्थापनइतर पक्षबाट सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा. शेखर कोइरालाले अडान नछाडेपछि पौडेल तनावमा रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।