आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेल महाधिवेशनस्थलमा नगई ‘सन्यास’ घोषणा गर्नतिर लागेपछि कांग्रेसमा खैलाबैला

रामचन्द्र पौडेल महाधिवेशनस्थलमा नगई ‘सन्यास’ घोषणा गर्नतिर लागेपछि कांग्रेसमा खैलाबैला

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 5.5K
    SHARES

  • रामचन्द्र पौडेल महाधिवेशनस्थलमा नगई ‘सन्यास’ घोषणा गर्नतिर लागेपछि कांग्रेसमा खैलाबैला

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिको साझा उम्मेदवार बन्न चाहन्छन् । तर प्रकाशमान सिंहले आफू सभापति उम्मेदवार बनिछाड्ने अडान लिएपछि पौडेलको सपना पूरा हुन सकेन ।

    सिंहले अडान नछाडेपछि डा. शेखर कोइराला समेत सभापतिमा उम्मेदवारी दिने तयारीमा छन् । आफ्नै समूहभित्र पनि साझा उम्मेदवार हुन नसकेपछि पौडेल राजनीतिबाटै सन्यास लिने अन्तिम तयारीमा लागेका छन् ।

    नेता पौडेलले शुक्रबार उद्घाटन हुने महाधिवेशनमा सहभागी नभई प्रेस विज्ञप्ति जारी गरेर राजनीतिबाट सन्यास लिएको घोषणा गर्ने तयारी गरेपछि कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

    सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गर्न तम्सिएका पौडेललाई उनकै समूहका नेताहरूले नपत्याएपछि उनी राजनीतिबाट दिक्क भएका स्रोतले जनाएको छ । आफ्नै पक्षका धेरै उम्मेदवार भएको अवस्थामा आफू चुनावमा नजाने र राजनीतिबाटै सन्यास लिने पौडेलले तयारी गरेको जनाइएको छ ।

    पौडेलले सन्यास लिने तयारी गरिरहेको सूचना बाहिरिएपछि संस्थापनइतर पक्षका नेताहरू पौडेलनिवास बोहराटारमा भेला भएका छन् । संस्थापनइतर पक्षका नेताहरू बोहराटारमा भेला भएर पौडेलले सन्यास लिने घोषणालाई रोक्न दबाब दिन थालेका छन् । 

    सभापतिका प्रत्यासी उपसभापति बिमलेन्द्र निधिले पौडेललाई फोन गरेर महाधिवेशन उद्घाटन कार्यक्रममा आउन आग्रह गरेका छन् । निधिले पौडेललाई सर्वसम्मत सभापति बनाउन समेत प्रस्ताव ल्याएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend