आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसमा नयाँ खेल : बिमलेन्द्र निधि सभापतिमा नलड्ने संकेत, रामचन्द्र पौडेलका लागि छाड्न तयार

कांग्रेसमा नयाँ खेल : बिमलेन्द्र निधि सभापतिमा नलड्ने संकेत, रामचन्द्र पौडेलका लागि छाड्न तयार

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 7.3K
    SHARES

  • कांग्रेसमा नयाँ खेल : बिमलेन्द्र निधि सभापतिमा नलड्ने संकेत, रामचन्द्र पौडेलका लागि छाड्न तयार

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उपसभापति बिमलेन्द्र निधिले सभापति पदमा नलड्ने संकेत गरेका छन् ।

    यसअघि सभापतिमा लड्ने घोषणा गरिसकेका निधिले अब आफू नलडेर वरिष्ठ नेता रामचन्द्र पौडेललाई समर्थन गरेका छन् ।

    निधिले वरिष्ठ नेता पौडेललाई सर्वसम्मत सभापति निर्वाचित गर्ने नयाँ प्रस्ताव ल्याएका छन् । पार्टीको महाधिवेशन उद्घाटन हुनैलाग्दा निधिले पौडेलको पक्षमा नयाँ प्रस्ताव ल्याएका छन् ।

    शुक्रबार बिहान चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले शुक्रबार जावलाखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपसभापति निधिले पौडेललाई न्याय हुने र पार्टीमा एकताको सन्देश जाने बताउँदै सर्वसम्मतिको प्रस्ताव अघि सारेका छन् ।

    कार्यक्रममा निधिले भने, ‘पार्टीभित्र एकताको सन्देश दिन जरुरी छ । यदि पोडेललाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्छु ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend