आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेललाई बसाएर शेखर कोइरालालाई साझा उम्मेदवार बनाउने तयारी

रामचन्द्र पौडेललाई बसाएर शेखर कोइरालालाई साझा उम्मेदवार बनाउने तयारी

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २४ २०७८

  • 7.1K
    SHARES

  • रामचन्द्र पौडेललाई बसाएर शेखर कोइरालालाई साझा उम्मेदवार बनाउने तयारी

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्र सुरु हुनैलाग्दा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बसाएर नेता डा. शेखर कोइरालालाई संस्थापनइतर पक्षको साझा उम्मेदवार बनाउने तयारी भएको छ ।

    संस्थापनइतर पक्षमा प्रकाशमान सिंहले सभापतिको उम्मेदवार बन्ने अडान नछाडेपछि पौडेललाई बसाएर कोइरालालाई साझा उम्मेदवार बनाउने तयारी भएको हो ।

    सिंहले अडान नछाडेको अवस्थामा पौडेल सभापतिको उम्मेदवार बन्न इच्छुक देखिएका छैनन् । पौडेल संस्थापनइतर पक्षबाट सर्वसम्मत रूपमा साझा उम्मेदवार भए मात्रै सभापति शेरबहादुर देउवासँग चुनाव लड्ने मनस्थितिमा छन् । तर सिंहले सभापतिमा चुनाव लडेरै छाड्ने अडान लिएपछि पौडेललाई बसाएर शेखरलाई अगाडि बढाउने तयारी भएको छ ।

    डा. शेखर कोइराला सभापतिको उम्मेदवार बनेको अवस्थामा वरिष्ठ नेता पौडेल र महामन्त्री डा. शशांक कोइरालाको समेत समर्थन रहने स्रोतले जनाएको छ । जसले गर्दा शेखर संस्थापनइतर पक्षको बलियो उम्मेदवार भएर आउने छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend