आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

साझा उम्मेदवार रामचन्द्र पौडेललाई नै बनाउने निर्णय, प्रकाशमान र शेखर सम्पर्कविहीन

साझा उम्मेदवार रामचन्द्र पौडेललाई नै बनाउने निर्णय, प्रकाशमान र शेखर सम्पर्कविहीन

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 7.2K
    SHARES

  • साझा उम्मेदवार रामचन्द्र पौडेललाई नै बनाउने निर्णय, प्रकाशमान र शेखर सम्पर्कविहीन

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवारमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै अगाडि बढाउने निर्णय भएको छ ।

    महामन्त्री डा. शशांक कोइराला निवासमा बिहीवार साँझ बसेको संस्थापनइतर पक्षका नेताहरूको बैठकले नेता पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र गगनकुमार थापा लगायत सहभागी बैठकले पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । तर सभापतिका आकांक्षीहरू प्रकाशमान सिंह र शेखर कोइराला बैठकमा नआई सम्पर्कविहीन भएका स्रोतले जानकारी दिएको छ । दुवै आकांक्षी प्रकाशमान र शेखर नआएपछि बैठकले पौडेललाई नै उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिका उम्मेदवार बन्ने भएका छन् । पार्टी महाधिवेशन भोलि शुक्रबारदेखि सुरू हुने भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend