काठमाडौं - नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले १४औं महाधिवेशनमा सभापतिका लागि प्रचार सुरु गरेका छन् ।
संस्थापन इतर समूहमा सभापतिको साझा उम्मेदवार तय गर्न सकस भइरहेका बेला कोइराला बिहीबार अपराह्नदेखि सामाजिक सञ्जालमा ‘एक पटक यसै पटक’ भन्दै प्रचार अभियान छेडेका छन् ।
संस्थापन इतर समूहमा रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर सभापतिका आकांक्षी छन् । मंगलबारदेखि साझा उम्मेदवार तय गर्ने विषयमा इतर पक्ष छलफलमा जुटेको जुट्यै छ । बिहीबारसम्म पनि सहमतिका लागि छलफल भएको थियो । तर, कुनै निकास निस्कन सकेको छैन ।
प्रकाशमान र शेखरबीच सहमति हुन नसक्दा नेता पौडेल चिन्तित बनेका छन् । तीनैजना आजको केन्द्रीय समिति बैठकमा समेत उपस्थित भएनन् ।
प्रकाशमानले आफूले सभापतिमा दाबेदारी नछाडेको बताएपछि शेखरले पनि सभापतिको उम्मेदवारी दिने भएका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।