काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापति पदको साझा उम्मेदवार बनाउन महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा ‘फाइनल’ बैठक सुरु भएको छ ।
भोलि शुक्रबार महाधिवेशन उद्घाटन हुने भएकाले आज बिहीबारै साझा उम्मेदवार तय गर्ने दबाबमा नेताहरू छन् ।
संस्थापनइतर पक्षबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री प्रकाशमान सिंह, महामन्त्री डा. शशांक कोइराला र केन्द्रीय सदस्य डा. शेखर कोइराला सभापति पदका आकांक्षी रहेका छन् ।
बिहीबारै बिहान अनुपम फुडल्यान्डममा बसेको नेताहरूको बैठकले सभापति पदका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग छुट्टाछुट्टै वार्ता गर्न युवा नेताहरू खटिएका थिए । ती नेताहरूले छलफल गरिसकेपछि अब समाधानको उपाय खोजिने बताइएको छ ।
बिहानको बैठकले अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई प्रकाशमान सिंहसँग वार्ता गर्न र गगनकुमार थापा, गुरु घिमिरे, चन्द्र भण्डारी र धनराज गुरुङलाई डा. शेखर कोइरालासँग वार्ता गर्न खटाएको थियो ।
डा. शशांकको घरमा फाइनल वार्ता भइरहेपनि डा. शेखर कोइरालाले फेसबुकप्रति आफ्नो प्रचारप्रसार सुरु गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।