बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

गगन थापाले पाएनन् पार्टी सभापति उम्मेदवार, सार्वजनिक कार्यक्रममै यस्तो घोषणा

गगन थापाले पाएनन् पार्टी सभापति उम्मेदवार, सार्वजनिक कार्यक्रममै यस्तो घोषणा

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 4.0K
    SHARES

  • गगन थापाले पाएनन् पार्टी सभापति उम्मेदवार, सार्वजनिक कार्यक्रममै यस्तो घोषणा

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्री पदका उम्मेदवार गगनकुमार थापाले आजसम्म आफूले सभापतिको उम्मेदवार कोही नपाएको बताएका छन् ।

    आज बिहीवार दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा महामन्त्री पदको उम्मेदवारी घोषणासँगै पुनर्जागरण र रूपान्तरणका लागि अवधारणापत्र सार्वजनिक कार्यक्रममा थापाले आफ्नो अवधारणाको पक्षमा आउनेलाई समर्थन गर्ने जानकारी दिए ।

    महामन्त्रीका उम्मेदवार थापाले भने, ‘आजका दिनसम्म सभापतिमा मेरो कोही उम्मेदवार छैन तर मेरो अवधारणा बोक्न सक्नेलाई सभापतिमा साथ दिने छु ।’

    आफू महामन्त्री पदको उम्मेदवार भए पनि सभापतिको उम्मेदवारका साथ मैदानमा आउने बताएका छन् । १४औं महाधिवेशनमा नेतृत्व मात्र चयन हुने भएकाले आफू महामन्त्री भएर गर्ने काम आवधारणाा पत्र ल्याएको बताएका छन् ।

    जनताको जीवनमा बदलाव ल्याउन सके आफ्नो राजनीतिक जीवन सफल भएको ठान्ने थापाले बताए । उनले भने, ‘म पार्टीको महामन्त्री हुन्छु हुन्न थाहा छैन । पार्टीको राजनीतिक यात्रा पदीय जिम्मेवारीको हिसाबले कहाँ गएर टुंगिन्छ, त्यो पनि मलाई थाहा छैन । जहाँ गएर टुंगियोस् तर अबको १०–१५ वर्ष पार्टीको क्रियाशील सदस्य भएर काम गर्छु ।’

    थापाले अगाडि भने, ‘१०–१५ वर्ष काम गरेर मेरा २०–२१ वर्षका छोरीहरुलाई लिएर काठमाडौं या नेपालका कुनै कुनामा घुम्दै गर्दा परबाट कसैले मायाले जय नेपाल भनेर भन्दियोस् । मलाई यति मात्र भए पुग्छ । त्यहाँ कुनै नेपाली नागरिकले माया र सम्मान दिए पुग्छ । मेरा छोरीहरूलाई लागोस् कि मेरो बा जुन पार्टीमा बसेर काम गरे त्यो कामले कहीँ न कहीँ हामीलाई टेक्ने आधार एउटा बनाइदियो । यति भइदियो भने म आफ्नो राजनीतिक जीवन सफल भएको ठान्नेछु ।’

    नेता थापाले प्रज्ञा प्रतिष्ठानमा भरिभराउ भीडमा आफ्नो अवधारणा सार्वजनिक गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend