काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको मुखमा संस्थापनइतर पक्षले साझा उम्मेदवार बनाउने कोसिस गरिरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल झोक्किएका छन् ।
सभापति पदमा डा. शेखर कोइराला र प्रकाशमान सिंहले अडान नछाडेपछि पौडेलले झोक्किँदै राजनीति नै छोडिदिने चेतावनी दिएका छन् ।
बिहीबार भएको बैठकमा सहभागी एक नेताले पौडेलको भनाइ उदृत गर्दै भने, ‘सभापतिको अडान नछाड्ने भए तपाईं नै गर्नुस्, म राजनीति नै छोडिदिन्छु ।’ पौडेलले कोइराला र सिंहलाई कडा चेतावनी दिएका हुन् ।
सभापति शेरबहादुर देउवाविरुद्ध साझा उम्मेदवार बनाउन पौडेल पक्षले कोसिस गरिरहेको छ । तर आकांक्षी धेरै हुँदा सहमति हुन सकिरहेको छैन ।
सभापति देउवाले बोलाएको केन्द्रीय कार्यसमिति बैठक समेत पौडेल पक्षले बहिष्कार गर्ने भएको छ । सहमहामन्त्री पद थप्ने एजेन्डा आएपछि पौडेल बैठक बहिष्कार गर्ने भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।