बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

कांग्रेस सभापतिमा गगन थापाको समर्थन कसलाई ? बैठकमा खुलेरै लिए यी आकांक्षीको पक्ष

कांग्रेस सभापतिमा गगन थापाको समर्थन कसलाई ? बैठकमा खुलेरै लिए यी आकांक्षीको पक्ष

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 6.6K
    SHARES

  • कांग्रेस सभापतिमा गगन थापाको समर्थन कसलाई ? बैठकमा खुलेरै लिए यी आकांक्षीको पक्ष

    काठमाडौंं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउन बोलाइएको बैठकमा चर्चित युवा नेता गगनकुमार थापाले आफ्नो समर्थनबारे खुलेरै पक्ष लिएका छन् ।

    बिहीबार बिहान भएको केन्द्रीय सदस्यहरुको बैठकमा महामन्त्रीका उम्मेदवार गगन थापाले सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई सभापतिमा अगाडि बढाउनुपर्ने राय राखेका छन् ।

    संस्थापनइतर पक्षका केन्द्रीय सदस्यको छलफलमा गगनले शेखरलाई सभापति पदमा अगाडि बढाउन सुझाव दिएका बैठकमा सहभागी एक नेताले जानकारी दिए ।

    महामन्त्री पदका आकांक्षी समेत रहेका गगनले तल्लो तहसम्म शेखर दाइको भोट राम्रो भएकाले संस्थापनइतर पक्षबाट शेखरलाई नै साझा उम्मेदवार बनाउन सुझाव दिएका हुन् ।

    थापाले बैठकमा भनेका छन्, ‘मेरो क्षेत्र काठमाडौंमा म प्रकाशमानसिंह नजिक छु तर राष्ट्रिय राजनीतिलाई विचार गर्दा साझा उम्मेदवारको रूपमा शेखरलाई अगाडि बढाउन उपयुक्त हुन्छ ।’

    अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले समेत शेखरलाई नै अगाडि बढाउन सुझाव दिएका जनाइएको छ । साझा उम्मेदवार तय गर्न बसेको केन्द्रीय सदस्यहरूको छलफलमा सभापतिका आकांक्षी भने सहभागी रहेका थिएनन् । संस्थापनइतर पक्षका युवा नेताहरूले आकांक्षीहरूसँग छुट्टाछुट्टै छलफल गर्ने भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७११:३७:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend