आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अन्ततः रामचन्द्र नै सभापतिको साझा उम्मेदवार ! यस्तो भयो सहमति, सिंह र कोइरालालाई कुन पद ?

अन्ततः रामचन्द्र नै सभापतिको साझा उम्मेदवार ! यस्तो भयो सहमति, सिंह र कोइरालालाई कुन पद ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर २३ २०७८

  • 15.1K
    SHARES

  • अन्ततः रामचन्द्र नै सभापतिको साझा उम्मेदवार ! यस्तो भयो सहमति, सिंह र कोइरालालाई कुन पद ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनमा संस्थापन इतरबाट सभापति पदमा उम्मेदबार बन्ने अडान लिएका नेता प्रकाशमान सिंह पछि हटेका छन् । सिंहले सभापति पदमा रामचन्द्र पौडेललाई समर्थन गर्ने भएका छन् ।

    संस्थापनइतर पक्षका केन्द्रीय सदस्यको भेलाले प्रकाशमान सिंहलाई पछि हटाएर पौडेललाई साझा उम्मेदवार बनाउने सहमति गरेका छन् । यस्तै डा. शेखर कोइरालालाई सभापतिबाट हटाएर पौडेललाई उम्मेदवार बनाइने भएको छ ।

    बिहीबार बिहान अनुपम फुडल्यान्ड बत्तीसपुतलीमा बसेको संस्थापन इतरका केन्द्रीय सदस्यको बैठकले पौडेललाई सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको छ ।

    सभापति पदमा दाबी गरिरहेका प्रकाशमानसहित डा. शेखर कोइराला, शशांक कोइरालालाई पदाधिकारीमा समेटेर लैजाने तयारी भएको छ । स्रोतका अनुसार पौडेल सभापति उम्मेदवार बन्ने, प्रकाशमान र शशांकलाई उपसभापति तथा शेखरलाई महामन्त्रीको उम्मेदवार बनाउने तयारी रहेको छ ।

    संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवालाई नै सभापतिको उम्मेदवार बनाउने तयारी गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend