काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा उम्मेदवार बन्न टक्कर चलेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल राजनीति छाडेर घरमै बस्ने निष्कर्षमा पुगेका छन् ।
संस्थापनइतर पक्षबाट साझा उम्मेदवार तय गर्न हिजो र आज बसेको बैठकका क्रममा पौडेल राजनीति छाड्ने निष्कर्षमा पुगेका हुन् ।
संस्थापनइतर पक्षबाट पूर्व महामन्त्री प्रकाशमान सिंह र डा. शेखर कोइरालाले सभापतिको उम्मेदवार बन्ने अडान नछाडेपछि पौडेल विरक्तिएका छन् । पौडेलले आफू नै साझा उम्मेदवार बन्न खोजेका थिए ।
आज दिउँसो सिंहको निवास चाक्सीबारीमा बसेको संस्थापनइतर पक्षको बैठकमा सभापतिका ३ आकांक्षीबीच सहमति जुट्न नसकेपछि पौडेल दिक्क भएका छन् ।
बुधवारको बैठकमा वरिष्ठ नेता पौडेलले आफूलाई सभापतिमा नछाडे राजनीतिबाटै सन्यास लिने कुरा गरेको एक नेताले जानकारी दिए ।
पौडेलले सन्यास लिने भएपछि अब संस्थापनइतर पक्षबाट सिंह र कोइराला उम्मेदवार बन्ने भएका छन् । साझा उम्मेदवार तय गर्न भोलि बिहीबार फेरि बैठक बोलाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।