आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्रले गरे सिटौलालाई उपसभापतिको अफर

रामचन्द्रले गरे सिटौलालाई उपसभापतिको अफर

  • मिडिया डबली
  • बुधवार, मंसिर २२ २०७८

  • 5.4K
    SHARES

  • रामचन्द्रले गरे सिटौलालाई उपसभापतिको अफर

    काठमाडौं - बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा नेपाली कांग्रेसमा संस्थापन इतर समूहको बैठक चल्दै गर्दा वरिष्ठ नेता रामचन्द्र पौडेल बीचमै उठेर हिँडे ।

    केन्द्रीय सदस्यलगायत जिल्ला सभापतिहरूले मिलेर जान दबाब दिएपछि पौडेल केही बेर बसे अनि बाहिर निस्के । आजै सभापतिको साझा उम्मेदवार घोषणा गर्ने दबाबमा रहेका पौडेल त्यहाँबाट सिधै नेता कृष्णप्रसाद सिटौलाको घर पुगे ।

    सिटौला पनि आफू निकट नेताहरूसँग महाधिवेशनको तयारीबारे छलफलमा थिए । बेलाबेला पौडेल र सिटौलाबीच संवाद र छलफल भने भइरहने गर्छ । तर, आज बिहान दुवै नेताबीच भएको भेटलाई अर्थपूर्ण मानिएको छ । १३औं महाधिवेशनपछि पौडेल र सिटौला अलग अलग भएका हुन् ।

    सो महाधिवेशनमा शेरबहादुर देउवालाई दोस्रो चरणको मतदानमा सिटौलाले साथ दिएपछि पौडेल पराजित भएका थिए । त्यसयता उनीहरूबीच खासै राम्रौ सम्बन्ध छैन । तर, सभापतिको साझा उम्मेदवार घोषणा गरेर नगए यसपटक पनि देउवाले जित्ने ठानेर पौडेल सिटौलाको सहयोग माग्न पुगेका थिए ।

    भेटमा पौडेलले मिलेर जान आग्रह गरेका थिए । सिटौला निकट स्रोतका अनुसार पौडेलले उपसभापतिमा बसिदिन र पदाधिकारीमा मिलेर जान सकिने प्रस्ताव गरेका थिए ।

    सिटौलाले यसबारे आन्तरिक छलफल गर्ने बचन दिएका थिए । त्यति मात्र होइन, सिटौलाले आफूले किन सहयोग गर्नुपर्ने हो त्यसबारे खुलाउन आग्रह गरेका थिए ।

    सिटौलाले पौडेल समूहसँग आफ्नो पक्षलाई ४० प्रतिशत भाग दिनुपर्ने अडान राखेको छ । तर, पौडेल–कोइराला पक्ष त्यो मान्न तयार छैन । त्यही भएर सिटौलाले यसपटक पनि देउवासँग मिलेर जान सक्ने संकेत देखिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend