काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टी प्रवक्ता विश्वप्रकाश शर्मालाई सहमहामन्त्री पदमा उम्मेदवार बन्न अफर गरेका छन् ।
प्रवक्ता शर्माले यसअघि नै आफू महामन्त्रीको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् ।
आगामी महाधिवेशनमा सभापति पदमा जीतको सुनिश्चितता खोज्दै देउवाले बुढानीलकण्ठस्थित निजी निवासमा आफूनिकटसँग गरेको छलफलमा शर्मालाई खसआर्यबाट सहमहामन्त्रीको उम्मेदवार बन्न अफर गरेका छन् ।
कांग्रेसमा विभिन्न समूहबाट सहमहामन्त्रीमा ८ जना निर्वाचित हुने प्रावधान छ । खसआर्य तर्फबाट देउवा पक्षका मोहनबहादुर बस्नेत, गोविन्द भट्टराई र रमेश लेखकले समेत आकांक्षा व्यक्त गरेका छन् ।
सभापति देउवा पक्षबाट दलित तर्फबाट सहमहामन्त्रीमा मीनबहादुर विश्वकर्मा र मानबहादुर विश्वकर्मा, जनजातितर्फ बहादुरसिंह लामा, सीता गुरुङ, भिष्मराज आङ्दम्बे र चीनकाजी श्रेष्ठले समेत आकांक्षा देखाएको स्रोतले जनाएको छ ।
देउवा पक्षबाट महिला तर्फबाट सहमहामन्त्रीमा डीला संग्रौला, डिना उपाध्याय र पुष्पा भुसालले आकांक्षा देखाएका जनाइएको छ ।
देउवा पक्षबाट महामन्त्री पदमा बालकृष्ण खाँण, प्रकाशशरण महत र एनपी साउँदले आकांक्षा देखाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।