काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनअघि आन्तरिक गुटबन्दीमा रहेका नेताहरूबीच भागबण्डा भइरहेको छ ।
भागबण्डामा वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी आमनिर्वाचनपछि राष्ट्रपति बनाउने आश्वासन दिन थालिएको छ ।
पौडेल गुटमा सभापतिका आकांक्षी धेरै भएर कुरा मिलाउन सकस परिरहेका बेला पौडेललाई राष्ट्रपति बनाउन प्रस्ताव आएको छ । पौडेलले बुधबार बिहान बोलाएको आफूपक्षीय पूर्व जिल्ला सभापति, जिल्ला सभापति र केन्द्रीय कार्यसमिति सदस्यको बैठकमा पौडेललाई राष्ट्रपति बनाउने प्रस्ताव आएको एक नेताले बताए ।
पौडेल गुटमा उनलाई राष्ट्रपति, प्रकाशमान सिंहलाई प्रधानमन्त्री र डा. शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउनेबारे छलफल भइरहेको छ ।
प्रस्तावअनुसार महाधिवेशनमा डा. कोइराला पार्टी सभापति बनेमा पौडेल राष्ट्रपतिका लागि प्रस्तावित हुनेछन् तर सभापति शेरबहादुर देउवा नै पुनः सभापति निर्वाचित भएमा अहिले बाँडिएका पद निरर्थक हुनेछन् । कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गतेदेखि हुँदैछ ।
आन्तरिक विवाद मिल्न नसकिरहेका बेला विभिन्न नेतालाई विभिन्न आश्वासन दिएर फकाउने कोसिस भइरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।