काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनको मुखैमा वरिष्ठ नेता रामचन्द्र पौडेलले अन्ततः पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको शरणमा पुगेका छन् ।
हिजो र आज बिहान आफूपक्षीय सभापति पदका आकांक्षीसँग छलफल गरेका पौडेल सिटौलालाई भेट्न पुगेका छन् ।
आफ्नो गुटभित्र पौडेल साझा उम्मेदवार बन्न सकेका छैनन् । पूर्व महामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले सभापतिमा दाबी नछाडेपछि पौडेल संकटमा छन् ।
आज बुधबार बिहान बत्तिसपुतलीमा राखिएको नेताहरूको छलफल छाडेर पौडेलले सिधै सिटौलालाई भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेसभित्र सिटौलाको छुट्टै गुट रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।