आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महाधिवेशनको मुखैमा रामचन्द्र पौडेललाई छुट्टै झमेला !

कांग्रेस महाधिवेशनको मुखैमा रामचन्द्र पौडेललाई छुट्टै झमेला !

  • मिडिया डबली
  • मंगलवार, मंसिर २१ २०७८

  • 3.1K
    SHARES

  • कांग्रेस महाधिवेशनको मुखैमा रामचन्द्र पौडेललाई छुट्टै झमेला !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापति बन्ने दौडमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई छुट्टै झमेला आइलागेको छ ।

    पुनः सभापति बन्ने दौडमा रहेका सभापति शेरबहादुर देउवा ढुक्क भएर प्रचारप्रसार र तयारीमा लागेका बेला पौडेल भने आफ्नै गुट मिलाउनुपर्ने झमेलामा परेका छन् ।

    पौडेल पक्षभित्रै थुप्रै उम्मेदवार देखिएका छन्, जसले गर्दा उनी सबैलाई मिलाएर जानुपर्ने बाध्यतामा छन् । सभापति देउवा भने छुट्टै हिँडेका उपसभापति बिमलेन्द्र निधिसँग नअल्झिएर चुनावी तयारीमा लागेका छन् ।

    उता नेता पौडेल मंगलबार दिनभर गुटभित्रका सभापति पदका आकांक्षीलाई फकाउनमै व्यस्त देखिए । गुट मिलाउनमै व्यस्त हुँदा पौडेलले आवश्यक तयारी र प्रचारप्रसार नै गर्न पाएका छैनन् ।


    सभापतिका आकांक्षीबीच मंगलबार दिनभरको छलफलमा कुनै सहमति हुन नसकेपछि बैठक बुधवार बिहान ९ बजे फेरि बोलाइएको छ । मंगलबारको बैठकमा कुनै ठोस सहमति हुन सकेन ।

    बैठकमा पौडेल पक्षले आफूनिकट निवर्तमान जिल्ला सभापति, जिल्ला सभापति, काठमाडौंमा उपलब्ध महाधिवेशन प्रतिनिधि लगायतसँग पनि छलफल गर्ने तयारी गरेको छ ।

    पौडेल पक्षबाट पौडेल स्वयं, प्रकाशमान सिंह, डा. शेखर कोइराला र महामन्त्री डा. शशांक कोइराला सभापति बन्ने दौडमा रहेका छन् ।

    कांग्रेसको १४औं महाधिवेशन मंसिर २४ गते उद्घाटन हुनेछ भने भोलि मंसिर २५ गते उम्मेदवारी दर्ताको समय तोकिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend