काठमाडौं – नेपाली कांग्रेसको सभापति पदमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई महामन्त्री डा. शशांक कोइरालाले समर्थन गरेका छन् ।
मंगलबार साँझ नेता प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको संस्थापनइतर पक्षका नेताहरूको छलफलमा कोइरालाले आफूले पौडेललाई समर्थन गरेको जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीलाई कोइरालाले आफू सभापतिको दौडबाट बाहिरिएको जानकारी दिए ।
पौडेलले भने, ‘हामी सहमति नजिक पुगेका छौं । भोलि फेरि बसेर टुंग्याउँछौं ।’ तर कोइरालाले आफू सभापतिको दौडमा नरहेकाले भोलिको बैठकमा नजाने बताए । उनले भने, ‘भोलिको बैठकमा म जान्न । उहाँहरू अरु–अरु जानुहुन्छ ।’
संस्थापनइतर समूहबाट सभापतिको साझा उम्मेदवार बन्न पौडेल, सिंह र शेखर कोइरालाबीच टक्कर रहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।