आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

देउवा पक्षका यी ३ उम्मेदवार सभापति पदमा निर्वाचित, बिमलेन्द्रलाई मधेशमै धक्का !

देउवा पक्षका यी ३ उम्मेदवार सभापति पदमा निर्वाचित, बिमलेन्द्रलाई मधेशमै धक्का !

  • मिडिया डबली
  • शुक्रवार, मंसिर १७ २०७८

  • 6.6K
    SHARES

  • देउवा पक्षका यी ३ उम्मेदवार सभापति पदमा निर्वाचित, बिमलेन्द्रलाई मधेशमै धक्का !

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेका अधिवेशनहरूमा पर्सा जिल्लाको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् ।

    पर्साको १ नम्बर क्षेत्रमा अरविन्दकुमार गुप्ता, २ नम्बर क्षेत्रमा महम्मद सहाबुद्दिन र ३ नम्बर क्षेत्रमा श्रीकिशुन चौहान सभापतिमा निर्वाचित भएका हुन् ।

    प्रतिनिधि सभाका ३ क्षेत्रीय अधिवेशनमा यी तीनै जना निर्वाचनबाट विजयी भएका हुन् । यसअघि पर्साको ४ नम्बर क्षेत्रबाट श्रीकान्त यादव निर्विरोध निर्वाचित भइसकेका थिए ।

    पर्साको १ नम्बर क्षेत्रको सचिवमा विनयकुमार गुप्ता र हरिप्रसाद यादवसहित २३ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको हो भने २४ जना महाधिवेशन प्रतिनिधि विजयी भएका छन् ।

    महाधिवेशन प्रतिनिधिमा अजयकुमार द्विवेदी, इम्तियाज आलम, प्रकाश कुमार उपाध्याय, ईश्वरभक्त श्रेष्ठ, अनिल रूङ्गटा, राजकुमार गुप्ता, लक्ष्मीनाथ नेपाल, राजकृष्ण अमात्य, रामनारायण कुर्मी र राधेश्याम चौरसिया खुलातर्फ निर्वाचित भएका छन् भने महाधिवेशन प्रतिनिधिको मुस्लिमतर्फ फिरोज खाँ, आदिवासी जनजातिमा आदित्य प्रकाश प्रधान, मधेशीमा मुकेश गुप्ता, कन्हैयाप्रसाद, देवनाथ उपाध्याय, मधेशी महिलामा मिन्टुदेवी सिंह, अनामिका देवीलगायत निर्वाचित भएका १ नम्बर क्षेत्रका निर्वाचन अधिकृत प्रदीपकुमार जैसवालले बताए ।

    पर्साको २ नम्बर क्षेत्रबाट वैकुण्ठ श्रीवास्तवलाई पराजित गर्दै सभापतिमा महम्मद सहाबुद्दिन निर्वाचित भएका छन् । श्रीवास्तवको नेतृत्वमा २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने १७ सदस्यीय महाधिवेशन प्रतिनिधि मण्डल चुनिएको २ नम्बर क्षेत्रका निर्वाचन अधिकृत तीर्थराज यादवले बताएका छन् ।

    महाधिवेशन प्रतिनिधिमा रामरुपप्रसाद कुर्मी, राकेश सिंह, अनिल प्रसाद शर्मा, प्रेमचन्द दुबे, नितेन्द्र प्रसाद साह, दीनाप्रसाद गुप्ता, लोकनारायण यादव, श्याम पटेल, राजेश्वर प्रसाद साह तेली लगायत निर्वाचित भएका हुन् । निर्वाचनमा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्रबहादुर अमात्य महाधिवेशन प्रतिनिधिमा हारेका छन् ।

    ३ नम्बर क्षेत्रको सभापति पदमा भगवति चौधरीलाई पराजित गर्दै श्रीकिशुन चौहान निर्वाचित भएका निर्वाचन अधिकृत छोटेलाल प्रसादले बताए । चौधरीका अनुसार २१ सदस्यीय क्षेत्रीय कमिटी निर्वाचित भएको छ भने २५ जना महाधिवेशन प्रतिनिधि विजयी भएका छन् ।

    ३ नम्बर क्षेत्रबाट महाधिवेशन प्रतिनिधिमा सुरेन्द्र चौधरी, ज्ञानेन्द्र मिश्र, ललन द्विवेदी, अशोककुमार गुप्ता, दिनेशकुमार चौधरी, जनार्दनसिंह क्षेत्री, शैलेन्द्र यादव, विद्याकान्त पाण्डे, मुकेशप्रसाद कुर्मी, उमेशकुमार चौधरी, रामजनम चौधरी लगायत निर्वाचित भएका जनाइएको छ ।

    पर्साको क्षेत्रीय अधिवेशनमा सभापति शेरबहादुर देउवा पक्षका नेताहरुले अधिकांश पदमा जितेका छन् भने उपसभापति बिमलेन्द्र निधि र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केही पद मात्रै जीत निकाल्न सकेका छन् । पर्साको नतिजा हेर्दा उपसभापति निधिले आफ्नो आधार क्षेत्र मान्ने गरेको मधेशमा धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend