आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

पार्टी सभापतिको उम्मेदवारबारे शशांकको सहमतिमा रामचन्द्र पौडेलको यस्तो नयाँ घोषणा

पार्टी सभापतिको उम्मेदवारबारे शशांकको सहमतिमा रामचन्द्र पौडेलको यस्तो नयाँ घोषणा

  • मिडिया डबली
  • बिहिवार, मंसिर १६ २०७८

  • 7.1K
    SHARES

  • पार्टी सभापतिको उम्मेदवारबारे शशांकको सहमतिमा रामचन्द्र पौडेलको यस्तो नयाँ घोषणा

    काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेका प्रदेश कार्यसमिति अधिवेशनमा गण्डकी प्रदेश सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले शुक्रराज शर्मालाई उम्मेदवार बनाउने भएको छ ।

    आज बिहीवार साँझ वरिष्ठ नेता पौडेलले शर्मालाई सभापति पदको उम्मेदवार घोषणा गरेका छन् ।

    सभापति पदमा उनीबाहेक देवराज चालिसे, यज्ञबहादुर थापा, रघुनाथ पौडेल, महेन्द्रदध्वज जीसी आकांक्षी रहेका थिए ।

    सभापतिका आकांक्षी धेरै भएका कारण पौडेल–कोइराला पक्षलाई उम्मेदवार तय गर्न सकस परेको हो । त्यसकै लागि नेता पौडेलसहित महामन्त्री शशांक कोइराला बुधवारदेखि पोखरामा हुन् ।

    नेताहरूबीच लामो छलफलपछि शर्मालाई साझा उम्मेदवार घोषणा गरिएको छ । घोषणा कार्यक्रममा नेता पौडेलले अरु आकांक्षीलाई पनि उचित व्यवस्थापन गरिने बताएका छन् ।

    प्रदेश सभापतिमा देउवा समूहबाट अर्जुनप्रसाद जोशीले उम्मेदवारी दिने तयारी गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend