काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशनका क्रममा भएका जिल्ला अधिवेशनबाट सभापति शेरबहादुर देउवा पक्षको स्पष्ट बहुमत देखिएको छ ।
देशैभर कांग्रेसका जिल्ला सभापति विजयी भएको अवस्था हेर्दा सभापति देउवा झन् बलियो देखिएका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पछिपछि देखिएको छ ।
गत महाधिवेशनमा जिल्ला सभापतिहरूमा अल्पमतमा परेका देउवाले १४औं महाधिवेशनमा बहुमत सभापति जिताउन सफल देखिएका छन् । हालसम्म सार्वजनिक भएको जिल्ला सभापतिको संख्या हेर्दा देउवाको पक्षमा बहुमत रहेको छ ।
हालसम्म निर्वाचन परिणाम घोषणा भएका ६१ जिल्लामध्ये ३१ जिल्लाका सभापति देउवा पक्षका निर्वाचित भएका छन् भने २७ जिल्ला सभापतिहरू वरिष्ठ नेता पौडेल पक्षका रहेका छन् । झापा र बागलुङ जिल्लामा नेता कृष्णप्रसाद सिटौला पक्षका सभापति निर्वाचित भएका छन् ।
जाजरकोट जिल्लामा सर्वसम्मतिले सभापति चुनिएका वेदराज सिंह तटस्थ रहेका छन् तर उनी पनि थपिँदा ३२ जिल्ला सभापति देउवा पक्षमा पुग्नेछन् ।
पौडेल पक्षले आफ्नो पक्षमा आउने दाबी गरेका केही जिल्ला गुमाएको छ । पौडेल पक्षले लमजुङ, ताप्लेजुङ, कास्की, रामेछाप, इलाम, काभ्रे, सोलुखुम्बु, तनहुँ लगायतमा जिल्ला सभापति गुमाएर देउवा पक्षले जितेको छ ।
जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लामा समेत देउवा पक्षकै बढी सभापति निर्वाचित हुने चर्चा छ । २ नम्बर प्रदेशका ८ जिल्लासहित अछाम, कैलाली, बाँके, पूर्वी नवलपरासी, सिन्धुली, चितवन, सिन्धुपाल्चोक र मकवानपुरमा जिल्ला अधिवेशन हुन बाँकी रहेको छ ।
यसअघि १३औं महाधिवेशनमा देउवाको पक्षमा ३३ जिल्ला सभापति खुलेका थिए भने ४२ जिल्ला सभापति पौडेलका पक्षमा थिए ।
देउवा पक्षमा को –को ?
१. उदयपुर – हिक्मत कार्की
२. भक्तपुर – दुर्लभ थापा
३. लमजुङ – टकराज गुरूङ
४. सल्यान – केशवबहादुर विष्ट
५. डोल्पा – दीपेन्द्रबहादुर शाही
६. डडेल्धुरा – भीमबहादुर साउद
७. म्याग्दी – खमबहादुर गर्बुजा
८. ताप्लेजुङ – गजेन्द्रप्रसाद तुम्याहाङ
९. मुगु – ऐनबहादुर शाही
१०. पाँचथर – रूपनारायण जवेगु
११. मनाङ – शंकर गुरूङ देउवा
१२. हुम्ला – मोहनविक्रम सिंह
१३. बझाङ – खड्क बोहरा
१४. रामेछाप – पूर्णबहादुर (कान्छाराम) तामाङ
१५. जुम्ला – कर्णबहादुर शाही
१६. डोटी – नरेन्द्रबहादुर सिंह
१७. रूकुम पश्चिम – प्रेमप्रकाश वली
१८. ओखलढुंगा – तेजेन्द्र खनाल
१९. पर्वत – युवराज जोशी
२०. इलाम – डम्बरबहादुर खड्का
२१. सुर्खेत – खड्ग पोखरेल
२२. रूपन्देही – रामकृष्ण खाण
२३. कास्की – किशोरदत्त बराल
२४. काभ्रे – तीर्थ लामा
२५. तनहुँ – जितप्रकाश आले
२६. ललितपुर – जितेन्द्रकुमार श्रेष्ठ
२७.कञ्चनपुर – पदम बोगटी
२८. बर्दिया – अरुण प्रकाश सिंह राठौर
२९. धनकुटा – दिनेश राई
३०. सोलुखुम्बु – नाम्गेल जाङ्बु शेर्पा
३१. रसुवा – पेम्बाछिरिङ तामाङ
पौडेल पक्षमा को–को ?
१. कपिलवस्तु – अब्दुल कलाम खाँ
२. प्युठान – विष्णुकुमार गिरी
३. अर्घाखाँची – केशव श्रेष्ठ
४. रोल्पा – किशोर आचार्य
५. बैतडी – चतुरबहादुर चन्द
६. दोलखा – बर्मा लामा
७. गोरखा – नन्दप्रसाद न्यौपाने
८. कालिकोट – अम्बबहादुर शाही
९. संखुवासभा – दीपक खड्का
१०. रूकुमपूर्व – केशरमान रोका
११. मुस्ताङ – रोमीगौचन थकाली
१२. भोजपुर – विनोद वान्तवा
१३. बाजुरा – रामसिंह रावल
१४. तेह्रथुम – अर्जुन तुम्बाहाम्फे
१५. नवलपरासी पश्चिम – अर्जुनकुमार पोखरेल
१६. पाल्पा – हिमालदत्त श्रेष्ठ
१७. स्याङ्जा – राजु थापा
१८. खोटाङ – विष्णुकुमार राई
१९. दार्चुला – ललितसिंह बोहरा
२०. नुवाकोट, सभापति रमेश महत
२१. दाङ – शंकरप्रसाद डाँगी
२२. दैलेख – मणिराम रेग्मी
२३. गुल्मी – खिलध्वज पन्थी
२४. काठमाडौं – कृष्णसबुज बानियाँ
२५. धादिङ – रामनाथ अधिकारी
२६. सुनसरी – केदार भण्डारी
२७. मोरङ – डिगबहादुर लिम्बु
सिटौला पक्षमा को–को ?
१. झापा – देउमान थेवे
२. बागलुङ – जित शेरचन
तटस्थ –
जाजरकोट – वेदराज सिंह
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।