आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. शेखर कोइरालाको गृहजिल्लामा यी बने कांग्रेस सभापति

डा. शेखर कोइरालाको गृहजिल्लामा यी बने कांग्रेस सभापति

  • मिडिया डबली
  • बुधवार, मंसिर १५ २०७८

  • 5.8K
    SHARES

  • डा. शेखर कोइरालाको गृहजिल्लामा यी बने कांग्रेस सभापति

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको जिल्ला अधिवेशनबाट नेता डा. शेखर कोइरालाको गृहजिल्ला मोरङमा डिगबहादुर लिम्बु जिल्ला सभापति निर्वाचित भएका छन् ।

    प्रतिस्पर्धी दिलिप गच्छदारलाई ४८१ मतले हराउँदै लिम्बु दोस्रो कार्यकालका लागि जिल्ला सभापति पदमा विजयी भएका छन् ।

    निर्वाचन परिणामअनुसार लिम्बुले १ हजार ९०६ मत ल्याउँदा प्रतिद्वन्द्वी गच्छदारले १ हजार ४२५ मत पाएका छन् ।

    मंगलवार दोस्रो चरणमा भएको जिल्ला सभापति पदको निर्वाचनमा सभापति लिम्बु निर्वाचित भएका छन् । यसअघि आईतवार भएको पहिलो चरणको निर्वाचनमा सभापति पदका ३ प्रत्याशीमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि मंगलबार दोस्रो चरणको चुनाव भएको थियो ।

    निर्वाचित लिम्बु यसअघि समेत पार्टीको मोरङ जिल्ला सभापति रहेका थिए । उनी २०७२ माघ २५ गते पहिलोपटक जिल्ला सभापति पदमा चुनिँदा सभापति शेरबहादुर देउवा पक्षबाट चुनाव जितेका हुन् तर विगत ३ वर्षदेखि लिम्बु कोइराला पक्षमा लागेका छन् ।

    सभापतिमा लिम्बुलाई जिताउन केन्द्रीय सभापतिका उम्मेदवार रहेका डा. शेखर कोइराला, रक्षामन्त्री डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य महेश आचार्य विराटनगरमै रहेका थिए ।

    अर्का उम्मेदवार गच्छदारलाई जिताउन पार्टीका केन्द्रीय सदस्य अमृत अर्याल र राष्ट्रियसभा सदस्य रमेशजंग रायमाझी खटिएका थिए ।

    जिल्ला कार्यसमितिका अरु पदाधिकारी र सदस्यहरूको मतगणना जारी रहेकोे मोरङ कांग्रेसले जानकारी दिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend