आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको प्रदेश अधिवेशन सार्नेबारे देउवा, पौडेल र सिटौलाबीच यस्तो सहमति

कांग्रेसको प्रदेश अधिवेशन सार्नेबारे देउवा, पौडेल र सिटौलाबीच यस्तो सहमति

  • मिडिया डबली
  • सोमवार, मंसिर १३ २०७८

  • 6.8K
    SHARES

  • कांग्रेसको प्रदेश अधिवेशन सार्नेबारे देउवा, पौडेल र सिटौलाबीच यस्तो सहमति

    काठमाडौं – सत्तारुढ नेपाली नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत तोकिएका प्रदेश अधिवेशन सर्ने भएका छन् ।

    देशभर सातै प्रदेशमा तोकिएका अधिवेशन २ दिन पर सर्ने भएका हुन् ।

    कांग्रेस स्रोतका अनुसार प्रदेश अधिवेशन सार्नेबारे सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमति भएको छ । प्रदेश अधिवेशनबारे तीनै नेताबीच छलफल भएको नेता पौडेलको सचिवालय स्रोतले जनाएको छ ।

    केन्द्रीय निर्वाचन समिति सदस्य तेज रावलले प्रदेश अधिवेशन सरेको पुष्टि गरेका छन् । अब प्रदेश अधिवेशन मंसिर १८ र १९ गते हुनेछ । यसअघिको कार्यतालिकाअनुसार प्रदेश अधिवेशन मंसिर १६ र १७ गते तोकिएको थियो ।

    कांग्रेस महाधिवेशन मंसिर २४–२६ गतेसम्म तोकिएको छ भने उम्मेदवारी दर्ता मंसिर २१ गते नै हुने निर्वाचन समितिले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend