काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला तनहुँमा भएको जिल्ला अधिवेशनबाट जिल्ला सभापति पदमा जितप्रकाश आले विजयी भएका छन् ।
बहालवाला सभापति पौडेल पक्षीय बैकुण्ठ न्यौपानेलाई हराउँदै सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार आले सभापति पदमा विजयी भएका छन् ।
तनहुँ जिल्ला कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला रहेको छ । नवनिर्वाचित सभापति आलेलाई केन्द्रीय सदस्यद्वय शंकर भण्डारी, गोविन्द भट्टराई, नेता ध्रुव वाग्ले लगायतले समर्थन रहेका थिए ।
वरिष्ठ नेता पौडेल र केन्द्रीय सदस्य प्रदीप पौडेलको समर्थन न्यौपानेलाई रहेको जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।