आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेसको सभापति जितेपछि पार्टी कार्यालय भवन बनाउन १ करोड दिने खड्काको घोषणा

कांग्रेसको सभापति जितेपछि पार्टी कार्यालय भवन बनाउन १ करोड दिने खड्काको घोषणा

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 20.5K
    SHARES

  • कांग्रेसको सभापति जितेपछि पार्टी कार्यालय भवन बनाउन १ करोड दिने खड्काको घोषणा

    काठमाडौं – नेपाली कांग्रेस इलामका नवनिर्वाचित सभापति डम्बर खड्काले पार्टी भवन बनाउन १ करोड रुपैयाँ सहयोगको घोषणा गरेका छन् ।

    इलाममा आईतबार भएको शपथग्रहणपछि सभापति खड्काले आफ्ना स्वर्गीय बाबु धनबहादुर खड्का र आमा मनमाया खड्काको नाममा पार्टी कार्यालय बनाउन १ करोड दिने घोषणा गरेका हुन् ।

    पार्टी कार्यालय निर्माणकै लागि सांसद एवं केन्द्रीय सदस्य सुजाता परियारले ५ लाख रुपैयाँ दिने घोषणा गरेकी छन् ।

    कार्यक्रममा इलाम पाटीै कार्यालय निर्माणकै लागि वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठले २ लाख दिने घोषणा गरेका छन् । 

    पार्टी सभापतिको शपथ लिएकै दिन खड्काको पहलमा पार्टी कार्यालय भवन बनाउन सहयोग रकम संकलन हुन लागेको हो । सभापति खड्काले भवन निर्माणको कार्य सोमबारबाटै सुरू गर्ने घोषणा गरेका छन् । 

    समाजसेवा गरेर इलामेली जनताको मनमा बस्न सफल भएका खड्का अब राजनीतिमा पनि सबैको मनमा बस्ने अभियानमा अघि बढेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend