काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापा जिल्लामा भएको अधिवेशनबाट सभापति पदमा देउकुमार थेवे विजयी भएका छन् ।
आज आईतवार सार्वजनिक भएको मतपरिणाम अनुसार प्रतिद्वन्द्वी रामबहादुर कट्टेललाई पराजित गर्दै थेवे जिल्ला सभापतिमा विजयी भएका छन् ।
निर्वाचित थेवेले कट्टेललाई २५० मतान्तरले पराजित गरेका छन् ।
शुक्रवार भएको मतदानमा कूल ३ हजार ३८९ मतदाता रहेकोमा ३ हजार ३११ मत खसेको थियो, जसमा ३ मत बदर भएको थियो । जिल्ला सभापति पदमा निर्वाचित थेवेले १ हजार ७६५ र कट्टेलले १ हजार ५१५ मत पाएका छन् ।
निर्वाचित थेवे र पराजित कट्टेल प्यानल बनाएर नै चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् । थेवेलाई पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला तथा कट्टेललाई पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले समर्थन गरेर मैदानमा उतारेका थिए ।
जिल्ला कार्यसमितिको पदाधिकारी थेवेको प्यानल नै विजयी भएको छ । जिल्ला कार्यसमिति उपसभापति पदमा केशवराज पाण्डे र शेरबहादुर भट्टराई, सचिव पदमा नवीन बिमली र कृष्ण हुमागाईं तथा सहसचिवमा कालेन्द्र राजवंशी र कमल भण्डारी विजयी भएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।