काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटा चुनाव जितेको गृहजिल्ला काभ्रेपलाञ्चोकमा नेपाली कांग्रेसको अवस्था सुधार्ने जिम्मेवारीसहित जिल्ला सभापति पदमा तीर्थ लामा विजयी भएका छन् ।
सभापति शेरबहादुर देउवा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पक्षका उम्मेदवार लामा १ हजार ६४६ मतका साथ निर्वाचित भएका छन् ।
संविधानसभा सदस्य समेत रहेका लामा पार्टी सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । लामाका प्रतिद्वन्द्वी पौडेल पक्षबाट जिल्ला सभापति पदका उम्मेदवार अच्युतप्रसाद पौडेलले ७७० मत मात्रै पाएका छन् ।
चुनावबाट ६१ सदस्यीय जिल्ला कार्यसमितिमा ६० जना लामा नेतृत्वको पक्षबाट निर्वाचित भएका छन् । ४ जना सर्वसम्मत भएका हुन् ।
जिल्ला उपसभापति पदमा रमेशप्रसाद हुमागाईं, ठाकुरप्रसाद न्यौपाने, सचिवमा माधवप्रसाद ढकाल र गुणराज मोक्तान, सहसचिवमा रवीन्द्रनाथ सिग्देल र समिर व्याञ्जु श्रेष्ठ विजयी भएका छन् । विजयी सबै जिल्ला पदाधिकारी लामा नेतृत्वको पक्षकै रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।