आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र पौडेलको गढमा देउवा पक्षका उम्मेदवार जिल्ला सभापतिमा विजयी

रामचन्द्र पौडेलको गढमा देउवा पक्षका उम्मेदवार जिल्ला सभापतिमा विजयी

  • मिडिया डबली
  • आइतवार, मंसिर १२ २०७८

  • 3.5K
    SHARES

  • रामचन्द्र पौडेलको गढमा देउवा पक्षका उम्मेदवार जिल्ला सभापतिमा विजयी

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन भएको भएको जिल्ला अधिवेशनबाट कास्कीको जिल्ला सभापति पदमा किशोरदत्त बराल निर्वाचित भएका छन् ।

    कास्कीलाई वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको गढ मानिन्छ तर चुनावबाट सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार बराल विजयी भएका छन् ।

    पहिलो चरणको चुनावमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसकेपछि दोस्रो चरणको चुनाव भएको थियो । त्यसमा पौडेल पक्षका उम्मेदवार सुदीपमोहन भट्टराईलाई हराउँदै बराल जिल्ला सभापति पदमा निर्वाचित भएका छन् ।

    चुनावमा कूल १ हजार ९२६ मत खसेकोमा बरालले ९९५ र भट्टराईले ९१५ मत पाएका छन् । 

    शुक्रवार सम्पन्न भएको मतदानमा सभापति पदमा प्रतिस्पर्धा गरेका ५ जनामा कसैले पनि ५१ प्रतिशतभन्दा बढी मत पाउन नसकेपछि शनिवार दोस्रो चरणको मतदान भएको थियो ।

    पहिलो चरणको चुनावमा बराल, भट्टराईसहित आइबहादुर गुरुङ, पोषनाथ शर्मा र गिरीराज गौतम सभापति पदमा लडेका थिए । बरालको जीतसँगै सभापति देउवा पक्षको प्रभाव बढ्दै गएको देखिएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend