काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसले १४औं महाधिवेशनको तयारीका लागि पार्टीले ‘१४औं महाधिवेशन प्रचारप्रसार समिति’ गठन गरेको छ ।
पार्टीले समितिको प्रवक्ताको जिम्मेवारी विश्वप्रकाश शर्मालाई दिएको छ । प्रवक्ता शर्माको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिका सदस्यहरूमा जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेकप्रताप शाह, जनकराज कलौनी र दिलिप राई रहेका जनाइएको छ ।
थप सदस्यमा सूचना, सञ्चार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्ष, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरु, नेपाल प्रेस युनियन, केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु, प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्ष, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, नेपाल प्रेस युनियन जिल्ला तथा प्रतिष्ठान शाखाका सभापतिहरु, काठमाडौंस्थित जिल्ला सम्पर्क समितिका सभापतिहरु छन् ।
प्रचारप्रसार समितिको सचिवालयका रूपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य तथा प्रेस युनियन केन्द्रीय सचिवालयका सदस्यहरू रहने प्रेस विज्ञप्तिमा जनाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।