काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत इलाम जिल्लामा भएको अधिवेशनबाट जिल्ला सभापति पदमा डम्बरबहादुर खड्का विजयी भएका छन् ।
मतगणना नसकिँदै उम्मेदवार डम्बरबहादुर खड्काले बहुमत मत पाएपछि उनी निर्वाचित भएका हुन् ।
इलाम कांग्रेसको जिल्ला अधिवेशनमा १ हजार ७३२ मत खसेको हो । जसमध्ये १ हजार ६०० मत गणना हुँदासम्म सभापति पदका उम्मेदवार खड्काले ८७० मत पाएका छन्, जुन कूल मतदाताको बहुमत रहेको छ ।
उम्मेदवार खड्काले ८७० मत पाउँदा अर्का उम्मेदवार भेषराज आचार्यले ७२० मत मात्रै पाएका छन् । मतगणनामा अब १३२ मत गणना गर्न बाँकी रहेको छ ।
यसरी सभापतिमा खड्काको जीत सुनिश्चित भएको छ । खड्का नेपाली कांग्र्रेसका केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिन्छन् ।
खड्का पूर्व क्षेत्रमा समाजसेवी युवाका रूपमा चर्चित रहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।