आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गृहमन्त्री खाँणका भाइको नाममा सर्वसम्मति, कांग्रेसको ठूलो पदमा निर्वाचित

गृहमन्त्री खाँणका भाइको नाममा सर्वसम्मति, कांग्रेसको ठूलो पदमा निर्वाचित

  • मिडिया डबली
  • शनिवार, मंसिर ११ २०७८

  • 3.1K
    SHARES

  • गृहमन्त्री खाँणका भाइको नाममा सर्वसम्मति, कांग्रेसको ठूलो पदमा निर्वाचित

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत जिल्ला अधिवेशनका मतपरिणाम सार्वजनिक भइरहेका छन् । यसैबीच गृहमन्त्री बालकृष्ण खाँणको गृहजिल्लामा सर्वसम्मति भएको छ ।

    गृहमन्त्री खाँणका भाइ रामकृष्ण खाँण सर्वसम्मतिबाट रुपन्देही जिल्ला सभापति पदमा निर्वाचित भएका छन् । जिल्ला सभापतिलाई कांग्रेसभित्र ठूलो पद मानिन्छ । 

    कतिपय वडादेखि क्षेत्रसम्म पक्षविपक्षमा प्रतिस्पर्धा भएको रुपन्देहीमा जिल्ला सभापतिमा भने सहमति भएको छ । सहमतिका लागि गृहमन्त्री खाँणले समेत भूमिका खेलेका जनाइएको छ ।

    गृहमन्त्री खाँणले सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरतकुमार शाह, प्रतिनिधिसभा सदस्य प्रमोद यादव, जिल्ला सभापति अब्दुल रज्जाक, पूर्व सभापति रामचन्द्र ढकाल लगायत नेतालाई राखेर सहमति गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend