काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज शुक्रवारदेखि एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा अधिवेशन हुँदैछ तर हालसम्म ३२ जिल्लाका सभापतिको निर्वाचन परिणाम सार्वजनिक भइसकेको छ ।
पहिलो चरणमा हिमाली जिल्लामा जिल्ला अधिवेशन भएका छन् भने दोस्रो चरणमा एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापति निर्वाचित भइसकेका छन् ।
देशभर हालसम्म सार्वजनिक भएका परिणाममा कुन पक्ष बलियो छ । देशैभर देखिएका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका कति–कति जिल्ला सभापति निर्वाचित भए ?
परिणाम सार्वजनिक भएका ३२ जिल्लामध्ये देउवा पक्षले १७ जिल्ला र पौडेल पक्षले १४ जिल्लामा सभापति पद जितेको छ भने एक सभापतिको पक्ष खुलेको छैन । रुकुम पश्चिमबाट सभापति पदमा सर्वसम्मत निर्वाचित भएका प्रेमप्रकाश वलीले आफू कुनै पनि गुटमा नरहेको स्पष्ट पारेका छन् ।
यी हुन् देउवा पक्षबाट निर्वाचित जिल्ला सभापतिहरू
१. गजेन्द्रप्रसाद तुम्याहाङ – ताप्लेजुङ
२. मोहनविक्रम सिंह – हुम्ला
३. पूर्णबहादुर तामाङ ‘कान्छाराम’ – रामेछाप
४. ऐनबहादुर शाही – मुगु
५. खडक बोहरा – बझाङ
६. खमबहादुर गर्बुजा – म्याग्दी
७. शंकर गुरुङ – मनाङ
८. केशरबहादुर विष्ट – सल्यान
९. दीपेन्द्र शाही – डोल्पा
१०. भीमबहादुर साउँद – डडेल्धुरा
११. कर्णबहादु शाही – जुम्ला
१२. बेदराज सिंह – जाजरकोट
१३. रूपनारायण जवेगु – पाँचथर
१४. डा. टेकबहादुर गुरुङ – लमजुङ
१५. नरेन्द्रबहादुर सिंह – डोटी
१६. तेजेन्द्र खनाल – ओखलढुंगा
१७. युवराज जोशी – पर्वत
पौडेल पक्षबाट सभापति पदमा निर्वाचितहरू –
१. दीपक खड्का – संखुवासभा
२. अम्मबहादुर शाही – कालिकोट
३. बर्मा लामा – दोलखा
४. रोमी गौचन – मुस्ताङ
५. केशरमान रोका – रुकुम पूर्व
६. नन्दप्रसाद न्यौपाने – गोरखा
७. रामसिंह रावल – बाजुरा
८. केशव श्रेष्ठ – अर्घाखाँची
९. विष्णुकुमार गिरी – प्यूठान
१०. चतुरबहादुर चन्द – बैतडी
११. विनोद वान्तवा – भोजपुर
१२. अर्जुनबहादुर तुम्बाहाङ्फे – तेह्रथुम
१३. किशोर आचार्य – रोल्पा
१४. विष्णुकुमार राई – खोटाङ
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।