आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

केन्द्रीय सभापति बन्न खोजेका शेखर कोइरालाका प्रचार प्रमुखकै लज्जास्पद हार !

केन्द्रीय सभापति बन्न खोजेका शेखर कोइरालाका प्रचार प्रमुखकै लज्जास्पद हार !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 2.8K
    SHARES

  • केन्द्रीय सभापति बन्न खोजेका शेखर कोइरालाका प्रचार प्रमुखकै लज्जास्पद हार !

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदको दौडमा रहेका छन् केन्द्रीय सदस्य डा. शेखर कोइराला । तर उनले आफ्नो गृहजिल्ला मोरङमा भएको चुनावमा आफ्नै प्रचार प्रमुखलाई जिताउन सकेनन् ।

    मोरङ जिल्लाको २ नम्बर निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका कोइरालाका प्रचार प्रमुख पुरञ्जन आचार्य महाधिवेशन प्रतिनिधिको चुनावमा पराजित भएका छन् । उनको सामान्य पराजय मात्रै भएन, लज्जास्पद हार नै भएको छ ।

    महाधिवेशन प्रतिनिधिमै पराजित आचार्य शेखर कोइरालाको प्रचार अभियानका नेतृत्वकर्ता हुन् । कोइरालाकै गृहजिल्लामा भएको चुनाव आफ्नै निकट व्यक्ति आचार्यलाई महाधिवेशन प्रतिनिधिमा जिताउन नसकेपछि कोइरालाको कमजोर अवस्था झल्किएको छ ।

    आज बिहीवार बिहान सकिएको मतगणनामा १० जना खुला महाधिवेशन प्रतिनिधितर्फ आचार्य २० औं नम्बरमा पुगेर पराजित भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend