काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत ओखलढुंगा जिम्मा भएको अधिवेशनबाट प्रभावशाली नेता रामहरि खतिवडा सर्वाधिक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
बिहीबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार खतिवडाले सर्वाधिक ९४१ मत पाएका छन् ।
खुला महाधिवेशन प्रतिनिधितर्फ १० जना निर्वाचित हुनेमा खतिवडाले सार्वधिक मत पाएका हुन् ।
महाधिवेशन प्रतिनिधिमा रुद्र अधिकारीले ७७४, अशोककुमार कार्कीले ७४२, प्रदीपकुमार सुनुवारले ७३०, कुमार लुइँटेलले ७३७, खिलानाथ दाहालले ७१५, लिलाबल्लभ दाहालले ६५१, बेदबहादुर रोक्काले ६१९, दानबहादुर बानियाँले ६८०, प्रकाश दाहालले ५४९ मत ल्याएर जितेका छन् ।
महाधिवेशन प्रतिनिधिमै खुला महिलातर्फ गोमा केसी, बाला अधिकारी, सबिता राई, हेमालक्ष्मी राई विजयी भएका छन् ।
दलिततर्फ होम विक ‘होम भाइ’, अपाङ्ग अल्पसंख्यकतर्फ महेशकुमार क्रोमोचा, आदिवासी जनजातितर्फ नवीन राई, सर्वधन तामाङ र कुमारबहादुर श्रेष्ठ महाधिवेशन प्रतिनिधि बनेका छन् ।
आदिवासी जनजाति महिलातर्फ दूर्गाकुमारी तामाङ, मैयाँ राई, खसआर्य पुरुषतर्फ पुरुषोत्तम लुइँटेल, हरिप्रसाद दाहाल, खसआर्य महिलातर्फ सुनिता अधिकारी तथा अपाङ्गतर्फ डेकराज भट्टराई महाधिवेशन प्रतिनिधि बनेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।