आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

रामचन्द्र प्यानलकी शक्तिशाली यी महिला सांसदलाई ठूलो झड्का, लुम्बिनीमा तनाव !

रामचन्द्र प्यानलकी शक्तिशाली यी महिला सांसदलाई ठूलो झड्का, लुम्बिनीमा तनाव !

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 6.0K
    SHARES

  • रामचन्द्र प्यानलकी शक्तिशाली यी महिला सांसदलाई ठूलो झड्का, लुम्बिनीमा तनाव !

    काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भइरहेका क्षेत्रीय अधिवेशनमा रुपन्देही जिल्लामा नेता रामचन्द्र पौडेल पक्षकी शक्तिशाली सांसद रमा अर्याल महाधिवेशन प्रतिनिधिमा चुनाव हारेकी छन् ।

    लुम्बिनी प्रदेशसभा सांसद तथा नेपाली कांग्रेसकी नेत्री रमा अर्याल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा चुनाव हारेकी हुन् ।

    रुपन्देहीको ३ नम्बर निर्वाचन क्षेत्रबाट खुला महिलातर्फ महाधिवेशन प्रतिनिधिको उम्मेदवार अर्यालले २१५ मत मात्र पाएकी निर्वाचन अधिकृत भेषराज घिमिरेले बताएका छन् । रामचन्द्र पौडेल पक्षबाट मातृकाप्रसाद यादव प्यानलमा रहेकी प्रदेशसभा सांस्द अर्याल पराजित हुँदा देउवा नजिकका सुशील गुरुङ प्यानलकी अर्की प्रदेशसभा सदस्य पुष्पा थरुनीले जितेकी छन् ।

    सांसद थरुनीले ३९४ मत पाएकी निर्वाचन अधिकृत घिमिरेले बताए । ४ जना प्रत्यक्ष महिला चुनिने स्थानमा यादव पक्षबाट ४ जना र गुरुङ पक्षबाट ४ जना गरी ८ जना महिलाले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका थिए । जसमध्ये गुरुङ प्यानलका चारै जना विजयी भएका हुन् ।

    प्रदेशसभा सांसद पुष्पा थरुनीबाहेक जन्नतुन निशा धुनियाले ३३१, बिना न्यौपानेले ३६९ र रमाकुमारी अधिकारीले ३१५ मत ल्याएर जितेका छन् ।

    रुपन्देही जिल्लामा ५ जना प्रदेशसभाका सांसद नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवार भएका थिए । ५ नम्बर क्षेत्रमा फकरुद्दिन खान, ४ नम्बर क्षेत्रमा बसिउद्दिन खान र अस्टभुजा पाठक निर्विरोध निर्वाचित भएका छन् ।

    रुपन्देहीको ३ नम्बर क्षेत्रमा गृहमन्त्री बालकृष्ण खाँण पक्षका सुशील गुरुङ नेतृत्वको प्यानलले चुनाव जितेको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend