आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

डा. शेखर कोइरालाको गृहजिल्लामा कसको जीत ? कांग्रेसभित्रको कुन गुट बलियो ?

डा. शेखर कोइरालाको गृहजिल्लामा कसको जीत ? कांग्रेसभित्रको कुन गुट बलियो ?

  • मिडिया डबली
  • बिहिवार, मंसिर ९ २०७८

  • 6.9K
    SHARES

  • डा. शेखर कोइरालाको गृहजिल्लामा कसको जीत ? कांग्रेसभित्रको कुन गुट बलियो ?

    काठमाडौं – सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत मोरङ जिल्लामा संघीय निर्वाचन क्षेत्रको नतिजाले संस्थापनइतर तथा वरिष्ठ नेता रामचन्द्र पौडेल र डा. शेखर कोइराला पक्ष बलियो रहेको पाइएको छ ।

    मोरङ जिल्लामा रहेका ६ वटा संघीय निर्वाचन क्षेत्रअन्तर्गत बिहीवार बिहानसम्ममा ५ वटा क्षेत्रको नतिजा सार्वजनिक भएको छ । नतिजाअनुसार ४ वटा क्षेत्रमा संस्थापन इतर र १ वटामा संस्थापन अर्थात् पार्टी सभापति शेरबहादुर देउवा पक्षले बाजी मारेको छ ।

    निर्वाचन क्षेत्र नम्बर ४ मा बुधवार साँझदेखि मतगणना जारी रहेको छ । ४ नम्बर क्षेत्रमा सभापतिका उम्मेदवार वसन्त हुमागाईं र विनोद बस्नेतबीच प्रतिस्पर्धा रहेको छ ।

    जिल्ला निर्वाचन समितिका अनुसार ५ वटा क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।

    निर्वाचन क्षेत्र नम्बर १ मा शंकर राई, २ नम्बरमा नागेश्वरप्रसाद सिंह, ३ नम्बरमा गणेश खड्का, ५ नम्बरमा जीवछ गच्छदार र ६ नम्बरमा देवराज तामाङ सभापति पदमा निर्वाचित भएका छन् । संस्थापन पक्षका गच्छदार र संस्थापन इतरका राई सर्वसम्मत सभापति चयन भएका जनाइएको छ ।

    २ नम्बर क्षेत्रमा पौडेल–कोइराला पक्षका प्रतिस्पर्धीहरू सत्यनारायण सिंह यज्ञ कार्कीलाई पछि पार्दै सभापति पदमा बुधवार राति निर्वाचित भएका छन् । निर्वाचन क्षेत्र नम्बर ३ मा संस्थापन इतरपक्षकै खड्काले प्रतिस्पर्धी गणेश ढकाललाई हराएका छन् । 

    निर्वाचन क्षेत्र नम्बर ६ मा संस्थापनइतर पक्षका देवराज तामाङ सभापति बनेका छन् । उनले संस्थापन पक्षका चेतराज रेग्मीलाई पराजित गरेका हुन् ।

    कांग्रेसको राजनीतिको केन्द्र मानिँदै आएको मोरङ जिल्लामा सबै पार्टीका नेताले आन्तरिक निर्वाचनलाई समेत प्रभाव देखाउने प्रतिष्ठासँग जोडेर हेर्ने गरेका छन् । मोरङ जिल्लामा कांग्रेसभित्र पौडेल–कोइराला पक्षको बलियो पकड रहेको पाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend